मधेश प्रदेशमा भाेलि जानकी नवमीकाे सार्वजनिक बिदा
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २२ वैशाख २०८२  
  
                        
                             जनकपुरधाम । मधेश प्रदेश सरकारले भाेलि  जानकी नवमीकाे सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर भाेलि वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । याे निर्णयानुसार भाेलि मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           