रवीन्द्र मिश्रलाई ५ दिन म्याद थप
_1746715859.jpg)
डेटूडे खबर डेस्क
२५ वैशाख २०८२
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारीअनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मिश्रमाथि आपराधिक उपद्रवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चैत १५ गते गरेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले जमानीमा बस्न पाउँ भनी निवेदन दिएको हुँदा उनलाई चिकित्सकको निगरानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।