कोरोना रोकथामका लागि भिडभाड नगर्न डब्ल्यूएचओको आग्रह

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७८

                            

जनकपुरधाम, ०६ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिदा र यात्राका कार्यक्रम रद्द गर्न आह्वान गरेको छ।

क्रिसमस नजिकिँदै गरेका बेला डब्ल्यूएचओले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको भन्दै छुट्टीका बेला तय भएका योजना रद्द गर्न अनुरोध गरेको हो ।डब्ल्यूएचओका प्रमुख टेड्रोस ग्याब्रियससले पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले सङ्क्रमण झन् तीव्र हुन सक्ने बताउनुभयो ।

उहाँले जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने समेत बताउनुभएको छ । जिन्दगी रहे पर्व अर्को पटक मनाउन पाइने भन्दै ग्याब्रियसले व्यक्ति, समाज र देश सबैले सहयोग गरे मात्रै महामारीबाट जोगिन सकिने उल्लेख गर्नुभएको छ । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि नियन्त्रणका लागि युरोपेली देशले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम बढेको छ । बेलायतमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमलाई रोकिएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट