सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

  डेटूडे खबर डेस्क
  ०७ पौष २०७८

                            

जनकपुरधाम, ०७ पुस । मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको छ । बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् । बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट