अस्ट्रेलियामा दुई सातामा १० लाख संक्रमित

  डेटूडे खबर डेस्क
  २९ पौष २०७८

                            

जनकपुरधाम, २९ पुष । अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो । 

संक्रमितमध्ये ९२ हजार जना न्यू साउद वेल्स (एनएसडब्लू) का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।

अस्ट्रेलियामा पछिल्लाे कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट