भारतमा काेराेना सङ्क्रमण झण्डै आठ महिनायताकै उच्च

  डेटूडे खबर डेस्क
  ०६ माघ २०७८

                            

जनकपुरधाम । भारतमा एकै दिन तीन लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

गएको २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ नयाँ सङ्क्रमित थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै सङ्क्रमित भएका पनि खबरमा उल्लेख गरिएको छ । भारतमा झण्डै आठ महिनापछि तीन लाखभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका हुन् ।

यस्तै, गएको २४ घण्टामा  कोरोनाका कारण चार सय ९१ जनाको ज्यान गएको छ । दुई लाख २३ हजार ९ सय ९० जना कोरोनामुक्त भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट