चीनबाट आज ४४ लाख खोप ल्याईंदै

डेटूडे खबर डेस्क
०१ असोज २०७८
०१ असोज २०७८, डेटूडे खबर ।
काठमाडौं- सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप आज चीनबाट ल्याइने जानकारी दिनुभयो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि गएराति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने गइसकेको बताउनुभयो । उहाँका अनुसार आज दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।-