घरबाटै काम गर्न सरकारकाे आह्वान

  डेटूडे खबर डेस्क
  २४ चैत्र २०८२

                            

काठमाण्डाै ।  मध्यपूर्व युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले सकेसम्म घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धिसमेत आकाशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरबाटै कार्यालयको काम गर्न आह्वान गरेकी छन् ।

मन्त्री रावलले भने, ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ । पेट्रेलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा आइतवार पनि बिदा, शैक्षिक संस्था वैशाख १५ गतेदेखि शुरू गर्ने, उच्च पदस्थ व्यक्तिहरूले पाउँदै आएका इन्धन सुविधामा कोटा कटौतीकाे निर्णय गरेका छाैँ । आवश्यक परे यातायातमा जोर–बिजोर प्रणाली लागू गरिनेछ । सरकारले नागरिकलाई घरबाटै काम गर्न र विद्युतीय गाडीको प्रयोग बढाउन आग्रह गर्छ ।’

मन्त्री रावलकाअनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय गाडीको कानूनी व्यवस्थापनलाई अघि बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट