चीनबाट आयो कोरोनाविरुद्धको थप ४४ लाख डोज खोप

  डेटूडे खबर डेस्क
  ०१ असोज २०७८

                            

जनकपुरधाम । चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ । नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो । नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि ६० लाखमध्ये १६ लाख डोज खोप नेपाल आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट