क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा
डेटूडे खबर डेस्क
२४ माघ २०७८
एजेन्सी । क्यानडाको राजधानी ओटावामा ट्रक चालकको आन्दोलन चर्किँदै गएपछि ओटावाका मेयर जिम वाट्सनले आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि बाध्य भएर आपतकाल घोषणा गर्नु परेको बताएका छन्।
ट्रक चालकहरुले ध्वनी प्रदूषण हुने गरी ठूलो आवाजमा हर्न तथा साइरन बजाएको र आन्दोलनलाई मेलामा परिणत गरेर असंवेदनशील व्यवहार गरेको आरोप लगाउँदै मेयर वाट्सनले ट्रक चालकको आन्दोलनले ओटावा र ओटावाबासीको सुरक्षामा खतरा उत्पन्न गराएको बताएका हुन् ।
चालकहरुले ट्रक तेर्स्याएर सडक अवरुद्ध पारेका छन्। उनीहरुले कोरोनाविरुद्धको खोप अनिवार्य गर्ने सरकारी नीतिविरुद्ध नाराबाजीसमेत गरेका छन्।