टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

  डेटूडे डेस्क
  २० आषाढ़ २०७८

                            

१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

टिकटकको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट