अव मासिक रु १०० मानै डिशहोम हेर्न पाइने

  डेटूडे खबर डेस्क
  २५ श्रावण २०८०

                            

काठमाडाैँ । डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिशहोमको टिभी हेर्न पाउने भएका छन् ।

डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको हाे ।

डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीले जनाएकाे छ ।

यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नुहुनेछ ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एच डि च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट