सेयर बजार ५३.३० अंकले बढ्यो

  डेटूडे खबर डेस्क
  ०३ फाल्गुण २०७८

                            

जनकपुरधाम । नेप्से परिसुचक आज ५३ दशमलव ३० अंकले बढेर २७ सय ५४ दशमकलव २८ विन्दु कायम भएको छ । कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ५३.३० अंकले बढ्यो । मंगलबार बजार बन्द हुँदा परिसूचक नेप्से २७५४ अंकमा कायम भएको छ ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ विन्दुमा राकिएको हो ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ लाख २२८ कित्ता शेयर खरिद विक्रि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट