नेपाल भित्रियो रेडमी १० प्राइम फोन, कति छ मूल्य ?

  डेटूडे खबर डेस्क
  ०३ असोज २०७८

                            

३ असोज २०७८, डेटूडे खबर । 

जनकपुरधाम ।  शाओमी ग्लोबल टेक्नोलोजी लीडरले आज आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ । अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी + एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ । 

पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ । यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जीबी सम्मको र्याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मद्दत गर्दछ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शन को सुविधा प्रस्तुत गर्दछ ।    

शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरीएको यो उपकरणले कन्टेन्ट क्रियटर, स्ट्रिमिंग गर्ने उत्साहीहरु, विद्यार्थीहरु, र मोबाइल गेमरहरु सबैको लागी एक उच्च अनुभव प्रदान गर्दछ ।  

रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ । ४जीबी+६४जीबी (१जीबीले बिढाउन सकिने र्याम) नेपाली २० हजार ९९९ मा र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली २३ हजार ९९९ मा उपलब्ध हुनेछ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले विगत सात बर्षदेखि रेडमीले लगातार प्रवृक्तिहरु सेट गरी रहेको छ र आफ्नो स्मार्टफोनको साथमा उद्योगको बेन्चमार्कलाई पार गरेको जानकारी दिए । उनले रेडमी प्रति रहेको ग्राहकहरुको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको समेत बताए । 

उनले भने, ‘रेडमी सिरिजलाई देशकै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको छ । रेडमी १० प्राइमको लन्चसंगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइ रहेका छौं । जसले प्रयोगकर्ताहरुको लागि क्यामेरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्दछ । रेडमीले हरेक कन्टेन्ट क्रियटरहरुलाई नयाँ टेक्नोलोजीसँग पहुँचयोग्य बनाउने प्रतिज्ञा पूरा गर्दै, रेडमी १० प्राइम मुख्यधाराको उपकरण क्षेत्रमा एक कदम अगाडी रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट