मेन्डिस र शानाकाले श्रीलंकालाई ५–० ले स्वीपबाट जोगाउन मद्दत गरे

  डेटूडे खबर डेस्क
  ०८ फाल्गुण २०७८

                            

जनकपुरधाम । अस्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रीलङ्काले जितेको छ । मेलबर्नमा आज आइतवार भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई पाँच विकेटले हरायो । 

अस्ट्रेलियाले दिएको एक सय ५५ रनको लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर एक बल बाँकी छँदै भेटायो । उसका लागि कुशल मेन्डिसले नटआउट ६९ रन बनाए भने दसुन सनाकाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका केन रिचर्डसनले दुई र अस्टन अगरले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । उसका लागि म्याथु वाडेले सबैभन्दा धेरै ४३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु कुमारा र दुशमन्था चमिराले २/२ तथा प्रविन जयविक्रमा र चमिका करुणारत्नेले एक/एक विकेट लिए । 

याेसँगै पाँच खेलको शृङ्खला अस्ट्रेलियाले चार–एक ले जितेको छ । टी–२० शृङ्खला खेल्न श्रीलङ्का अस्ट्रेलिया भ्रमणमा गएकाे हाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट