नेपाल राष्ट्रवादी नागरिक समाजद्वारा जनकपुरधाममा प्रदर्शन

  डेटूडे खबर डेस्क
  ०३ असोज २०७८

                            

३ असोज २०७८, डेटूडे खबर । 

जनकपुरधाम । वि.सं. २०४७ सालमा जारी भएको संविधान लागू गर्न माग गर्दै नेपाल राष्ट्रवादी नागरिक समाजले आइतवार जनकपुरधाममा मोटरसाइकल र्‍याली सहित विरोध प्रदर्शन गरेको छन। उनीहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग गरेका छन्।

विरोध प्रदर्शनमा सहभागीहरुले संघीयता खारेज गरी ‘एमसीसी पास गर्न पाइँदैन्, नेपाललाई गुलाम बनाउन पाइँदैन’ भन्दै नारावाजी समेत पनि गरेका थिए ।

जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको विरोध र्‍याली नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनकचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त र्‍याली प्रकाश राणाको संयोजकत्वमा निकालिएको र नेपाल राष्ट्रवादी नागरिक समाजका नेताहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट