यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

  डेटूडे खबर डेस्क
  १६ फाल्गुण २०७८

                            

जनकपुरधाम । कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ ।

तर बन्द ठाउँ अर्थात् घरभित्र (इनडोर  धेरै भेला भएको अवस्थामा भने मास्क अनिवार्य नै हुनेछ । यस्तै कोरोना पोजेटिभ भएकासँग कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई पनि अनिवार्य क्वरेण्टिनको नियम हट्ने यूएईको राष्ट्रिय आपतकालीन संकट व्यवस्थापन समितिको भनाइलाई उद्धृत गर्दै खलिज टाइमले जनाएको छ ।

यस्तै कोरोना पोजेटिभ देखिएकाहरुले आइसोलेशनमा बस्नुपर्ने नियममा भने कुनै परिवर्तन गरिएको छैन । यस्तै यूएई प्रवेश गर्ने यात्रुले पूर्ण मात्रा खोप लगाएको भए खोप लगाएको पमाण र खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट