गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०६ असोज २०७८

                            

६ असोज २०७८, डेटूडे खबर ।

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका–८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट