मुख्यमन्त्री राउतले जनकपुरधाम-पोखरा उडानको लागि सहकार्य गर्ने

डेटूडे खबर डेस्क
०६ असोज २०७८
गण्डकी प्रदेश । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई गण्डकी सरकारले पोखरामा न्यानो स्वागत गरेको छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको निमन्त्रणामा आज पोखरा पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी सरकारका पर्यटन मन्त्री मणिभद्र शर्माले विमान स्थलमा स्वागत गरेका थिए ।मुख्यमन्त्री राउतको स्वागतमा पोखरा विमान स्थलमा पञ्चकन्या सहित पर्यटन ब्यबसायीहरुको व्यापक उपस्थित रहेको थियो ।विमानस्थलबाट प्रदेश सरकारको मुख्यालय पुगेका मुख्यमन्त्री राउतलाई गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली स्वागत गरेका थिए ।सो अवसरमा दुबै प्रदेश बिचको आपसी सम्बन्ध, प्रदेश २ ले अघि सारेको लोकप्रिय कार्यक्रमहरुबारे छलफल भएको मुख्यमन्त्री राउत का प्रमुख स्वकीय सचीव जितेन्द्र कुमार यादवले जानकारी गराए ।गण्डकी प्रदेश र प्रदेश नं.२ बिच पर्यटकीय सम्बन्ध बिस्तारका लागि जनकपुरधाम-पोखरा उडान शुरु गराउन दुबै मुख्यमन्त्रीले सहकार्य गर्ने सहमति समेत गरेका यादव ले जानकारी गराए ।मुख्यमन्त्री राउतले समकक्षी नेपालीलाई जनकपुरधाम भ्रमणको निम्तो समेत दिएका छन् ।मुख्यमन्त्री राउत आजै पोखराको विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका छन् ।