दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थाल्यो
डेटूडे खबर डेस्क
०६ चैत्र २०७८
एजेन्सी
दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ ।
डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीन सहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो ।
ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनमा पछिल्लो २४ घण्टामा एक हजार ७ सय ३७ जनामा सङ्क्रमण देखिएको छ ।
सन् २०२१ को जनवरीपछि चीनमा यो हप्ता पहिलो पटक कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक साढे तीन लाखभन्दा धेरैको सङ्ख्यामा सङ्क्रमण देखिएको छ । त्यस्तै हङकङमा एकैदिन १६ हजार ५ भन्दा धेरै सङ्क्रमित थपिएका छन् । सिङ्गापुरमा हिजो दश हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ । उपलब्ध खोप लगाउन र स्वास्थ्यका मापदण्ड पालना गर्न पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।