भारत : छत्तिसगढको राजधानी रायपुरमा कार चालकले १७ जनाभन्दा बढीलाई ठक्कर हाने, पानीपुरी बेच्ने युवकको मृत्यु
डेटूडे खबर डेस्क
०७ चैत्र २०७८
एजेन्सी
भारतको छत्तिसगढको राजधानी रायपुरमा अबेर राती एक व्यक्तिले एक दर्जनभन्दा बढी गाडीलाई ठक्कर दिएपछि थुप्रै घाइते भएका छन् । अन्त्यमा एउटा भित्तामा ठोक्किएपछि उनको कार दुर्घटनाग्रस्त भयो ।
कार चालकको ठक्करले पानीपुरीको ठेलालाई धकेल्दै आफ्नो घर फर्किरहेका एक युवकको मृत्यु भएको छ । पुरानो बस्ती प्रहरीका अनुसार रायपुरको तेलीबान्धा इलाकामा बस्ने देवराज पलले आफ्नो साथीको कार मागेका थिए ।
उनले नसामा चुर भएर भाटागाँवबाट कार चलाउन सुरु गरे र बाटोमा थुप्रै गाडीलाई ठक्कर दिँदै तीब्र गतिमा थुप्रै किलोमिटरसम्म अघि बढ्यो ।यतिबेला पैदल हिँडिरहेका थुप्रै मानिस यो तीब्र गतिको कारको चपेटामा आए । पानी पुरीको ठेला गुडाएर आफ्नो घर फर्किरहेका एक युवक पनि यो तीब्र गतिको कारको चपेटामा आए । उनको घटनास्थलमा नै मृत्यु भयो । प्रहरीका अनुसार मृतक लक्ष्मीकान्त जाटव मूलतः उत्तरप्रदेशको जालौनका बासिन्दा थिए । त्यसपछि तीब्र गतिको कार बुढातालाब नजिकै एउटा भित्तामा गएर ठोक्कियो जसका कारण कार चालक देवराज पल पनि घाइते भए । प्रहरीका अनुसार कार चालक अस्पतालमा भर्ना छन् र पूरा घटनाको अनुसन्धान भइरहेको छ ।