२०७७ सालको जगदम्बा श्री पुरस्कार भैरवबहादुर थापा र भगिराज इङ्नामलाई

डेटूडे खबर डेस्क
०७ असोज २०७८
७ असोज २०७८, डेटूडे खबर ।
जनकपुरधाम । आज बसेको मदन पुरस्कार गुठीेको साधारण सभाले सात दशक देखी नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरवबहादुर थापालाई २०७७ सालको जगदम्बा श्री पुरस्कार अर्पण गरेको छ ।
बैठकले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुकाे संङ्कलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्बत् १७१९-२०२० पुस्तकका लागि श्री भगिराज इङ्नामलाई २०७७ सालकाे मदन पुरस्कार अर्पण गरियाे ।
यस प्रयाेजनका लागि गुठीमा प्राप्त कूल २२२ पुस्तकहरु मध्येबाट ९ वटा पुस्तकहरु क्रमश: एकलव्यकाे देब्रे हात (गिरि श्रीस मगर), करिया (कृष्ण अविरल), कल्प- ग्रन्थ (कुमार नगरकोटी), नृत्याक्षार विज्ञान (भैरव बहादुर थापा), फिलिङ्गाे (प्रभा बराल ),फुलाङ्गे (लेखनाथ क्षेत्री), माेक्षभूमि (केशव दहाल), रमिते (जेसन कुँवर) र लिम्बुवानकाे ऐतिहासिक दस्तावेन सङ्ग्र सम्वत् १७१९-२०२० (भगिराज इङ्नाम), मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रुपमा छनाैट भएका थिए ।
वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलाेपल्ट २०१३ सालमा गध विधामा सत्यमाेहन जाेशीकाे (हाम्रो लाेक संस्कृति) सामाजिक शाखामा चित्तरञ्जन नेपालीकाे (जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जाेशीकाे अधिकविभव स्थिरविधुत् उत्पादक) पुस्तकलाई मदन पुरस्कारकार अर्पण गरेकाे थियाे ।
वि.सं. २०४५ सालमा रानी जगदम्बाकाे निधन पछि वहाँकाे सम्झना स्वरुप जगदम्वा-श्री पुरस्कारकाे स्थापना गरिएकाे थियाे । याे सम्मान पहिलाेपटक नारायण गाेपाललाई अर्पण गरिएकाे थियाे ।
नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरु मध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाी भाषा वाङ्कय तथा संस्कृतिकाे श्रीवृद्धिमा याेगदान गर्ने व्यक्ति स्ंस्थालाई जगदम्बा - श्री अर्पण गरिन्छ ।