कमला नदि बचाउँका अभियन्ता विक्रम यादव भारतमा जलप्रहरी सम्मान पाउने भएका छन्

  डेटूडे खबर डेस्क
  १४ चैत्र २०७८

                            

जनकपुरधाम । कमला अभियानका संयोजक विक्रम यादवलाई भारत सरकारले जलप्रहरी सम्मानका लागि छनोट गरेको छ । यो पुरस्कार ३० मार्च २०२२ मा दिल्लीमा प्रदान गरिने छ । कमला बचाउ अभियानका यादवलाई भारतीय मन्त्री गजेन्द्रसिंह शेखावतले सम्मान गर्ने छन् ।

भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले पानीलाई आत्मनिर्भर बनाउन आह्वान गरेका छन् । यसै दिशामा सन् २०२२ मा Sarkartel.com र भारत सरकारको जलशक्ति मन्त्रालयको संयुक्त आयोजनामा ​​जलप्रहरी सम्मान समारोह आयोजना हुँदैछ । उक्त अवसरमा भारतमा जल संरक्षणको क्षेत्रमा काम गर्ने इन्जिनियरहरुलाई समेत सम्मान गरिने भएको छ ।

कमला बचाउ अभियान नेपालमा पनि चलिरहेको छ ।  यस अभियानमार्फत सरकार र समाज दुवैको ध्यानाकर्षण गराउँदै विक्रम यादवले यस नदीलाई सांस्कृतिक रूप दिएका छन् ।

कमला बचाउ अभियानका संयोजक विक्रम यादव कमला नदीलाई मिथिलाञ्चलको गंगा भनिन्छ । त्यसैले यहाँका मानिसहरू कमलालाई आमा मान्छन्। उनीहरु भन्छन्, हामिलाई र हाम्रो समाजलाई खुवाउने नदि नै हाम्रो आमा हुन् र उहाँलाई हामी आमा मान्छौँ ।

कमला नदी बचाउँको विषयमा यादवले धेरै काम गरेकोमा उनलाई स्वामी विवेकानन्द ग्लोबल अवार्ड, डा. एपीजे अब्दुल कलाम नेशनल अवार्ड, इन्टरनेशनल गान्धी इन्भायरमेन्टल वारियर अवार्ड, इन्डिया नेपाल फ्रेन्डशिप अवार्ड जस्ता पुरस्कारहरु प्रदान गरिएकोछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट