नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

  डेटूडे खबर डेस्क
  २१ चैत्र २०७८

                            

एजेन्सी । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन् । 

भारतीय संघीय मन्त्रीपरिषद् अन्तर्गतको नियुक्ति समितिले क्वात्रालाई आगामी मे १ देखि लागू हुने गरी विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद् समितिको सोमबारको बैठक उनलाई सचिवमा नियुक्त गरेको क्याबिनेट सेक्रेटरी दीप्ति उमाशंकरले जनाएकी छिन् । हाल भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाको कार्यकाल अप्रिल ३० मा सकिएपछि क्वात्राले विदेश मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् । सन् १९८८ बाट कूटनीतिक सेवा प्रवेश गरेका क्वात्रा हाल काठमाडौंस्थित भारतीय राजदूतका रुपमा कार्यरत छन् । 

भारतले नेपालसंगको कुटनीतिक सम्बन्धलाई उच्च महत्व दिँदै विदेश मन्त्रालयका उच्च अधिकारीहरुलाई नेपालको राजदूत बनाउने गरेको छ भने नेपालको राजदूत भैसकेका अधिकारीहरु सचिव र मन्त्रीसमेत बन्ने गरेका छन् । यसअघि सन् २००२ देखि २००४ सम्म नेपालका लागि राजदूत भएका श्यामशरण पनि भारतको विदेश सचिव भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट