फिलिपिन्समा आँधी : मृत्यु हुनेको सङ्ख्या २५ पुग्याे

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७८

                            

एजेन्सी

फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर मृत्यु  हुनेको सङ्ख्या २५ पुगेको छ । फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे सहरमा २२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ थप ६ जना बेपत्ता छन् । अरु तीन जनाको दाभाओ क्षेत्रमा ज्यान गएको हो ।

ठूलो पानीसँगै आएको ‘मेघी’ नामको आँधीका कारण १३ हजारभन्दा धेरै नागरिक विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेको छ । बिजुलीको आपूर्ति ठप्प छ । सयौँ गाडीमा क्षति पुगेको छ ।

यातायात सेवा प्रभावित भएको छ । त्यहाँको सरकारले आँधी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सचेत रहन अनुरोध गरेको छ । ‘मेघी’ फिलिपिन्समा आएको यो वर्षको पहिलो आँधी हो । फिलिपिन्समा यसअघि गएको डिसेम्बरमा आएको ‘राई’ नामको आँधीका कारण चार सयभन्दा धेरैले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट