मधेश प्रदेशमा प्रहरी भर्ना गर्न अध्यादेश छिटै ल्याउछौं : मन्त्री साह

  डेटूडे खबर डेस्क
  ०१ वैशाख २०७९

                            

जनकपुरधाम । मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री  भरतप्रसाद साहले अध्यादेश मार्फत् प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।

बिहीबार जनकपुरधाममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री साहले  वैशाख ३० गते सम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएका छन् । संघीय सरकारले  वैशाख ३० सम्म प्रहरी समायोजन नगरे आफूहरुले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने मन्त्री साहले  बताए ।

मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको बताउँदै उनले संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको बताए । ‘तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ’, उनले भने, ‘संघ सरकारले ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’

यस अघि २९ चैतको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री साहले भनेका थिए, ‘धेरै होइन २-३ सय जति प्रहरी जवान भर्नाका लागि प्रस्ताव लग्छौं । देश द्वन्द्वमा जान्छ भने जाओस् प्रहरी भर्नाको सूचना निकाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट