ट्रकले मोटरसाइकलमा ठक्करदिँदा एक प्रहरी हवल्दारको मृत्यु
.[2].jpg)
डेटूडे खबर डेस्क
०१ वैशाख २०७९
सुनसरी । सुनसरीमा ट्रकको ठक्करबाट एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।
प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
बुधबार कोसी लोकमार्गमा पर्ने दुहवी नगरपालिका–८ मा बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए ।
मोटरसाइकल प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएका थिए । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको हो।
दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।