भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको गयाे ज्यान, ३५ जना बिरामी

  डेटूडे खबर डेस्क
  ०२ वैशाख २०७९

                            

एजेन्सी

भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ भने ३५ जना बिरामी परेका छन्  ।

आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । गएको सोमवार चार जनाको र अस्ति मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको खबरमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट