चितुवाको छालासहित ४ जना पक्राउ

डेटूडे खबर डेस्क
०४ वैशाख २०७९
काठमाडाैँ । आइतबार चितुवाको छाला्सहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाका ३५ वर्षीय बिष्णु सुनार, भक्तपुर चङ्गुनारायण नगरपालिका वडा नं. ५ डेरा गरी बस्ने २९ वर्षीय फुरी शेर्पा, सोही ठाउँ बस्ने २४ वर्षीय बिनोद श्रेष्ठ र जिल्ला ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।छाला ओसार पसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पकाउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको छ ।