जनकपुरधामको जानकी चौक आज देखी वनवे
.jpg)
डेटूडे खबर डेस्क
०४ वैशाख २०७९
जनकपुरधाम । जनकपुरधामको प्रमुख चौक जानकी चौकलाई आज देखी वनवेमा परिणत गरिएको छ ।
जानकी चौकको दक्षिण द्वार देखी पुराणो सुनचादि बाज़ारलाई एकतर्फ़ी सड़कको रुपमा प्रयोग गर्न धनुषा ट्राफिकले विधिवत कार्य अगाडि बढाएको छ ।
धनुषाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त राजौरेले एक कार्यक्रम विच पाँचजनालाई माला र टिका लगाएर वनवेको बिधिवत सुरुवात गरेका छन् ।
सडक फराकिलो भएपनि दुइ तर्फ़ी रुपमा पार्किंग गर्ने भएको दुवै तर्फ बाट आवत जावत हुँदा समस्या उत्पन्न भएपछि एकतर्फि सड़ प्रयोग गर्न नै यो अभियान सुरु गरिएको धनुषाका प्रहरी प्रमुख रजौरेले स्पस्ट पारेका छन ।
उनले यहाँका स्थानीय सुनचादि व्यवसायी संघ , जनकपुर उद्योग वाणिज्य संघ , वडा नं ४ को कार्यालय र स्थानीयको सहमति अनुसार नै वनवेलाई कार्यन्वयनमा ल्याएको बताए ।
उक्त अवसरमा धनुषा प्रहरी प्रमुख रजौरेले अब रामचौक, महावीर चौक हुंदै सुंनचाँदी बजार भयेर जानकी मंदिरको बाटो प्रयोग गर्न उनले सबैलाई आग्रह गरेका थिए ।
धनुषा नव ट्राफिक प्रमुख चन्द्रभूषण यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘ यो पुराणो सुनचाँदी बजार पहिले पनि वनवे नै थियो पछि बीचमा केहि वर्ष अस्त व्यस्त भये अब हामी यहाँका स्थानीय समाजसेवी र युवाको सहयोगमा पुनः आज देखी वनवेको रुपमा प्रयोग गर्न सबैलाई आग्रह गरेका छौ।
जानकी चौक हुँदै जनक चौक र रामचौक हुँदै महावीर चौक भएर गाड़ीहरू पुनः जानकी चौक जान पाउने छन ।
लवली मोड़ बाट सीधा सुनचाँदी बजार गाड़ी , मोटर साइकिल लिएर जान पाऊने छैन ।
बिहान १० बजे देखी सांझ छौ बजे सम्म धनुषा ट्राफिकको विशेष उपस्थिति रहने समेत आजै देखी व्यावस्थापन गरिएको छ ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ , उपसभाति मनीष रमन, सुनचाँदी व्यवसायी संघका अध्यक्ष अमरनाथ गुप्ता , वडा ४ का अध्यक्ष सुदर्शन सिंह लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।