महोत्तरीमा घर भित्र पसेर छुरा प्रहार, एक आरोपी प्रहरीको नियन्त्रणमा

  डेटूडे खबर डेस्क
  ०५ वैशाख २०७९

                            

महोत्तरी । महोत्तरीको लोहारपट्टीमा चारजनाको समुहले  स्थानीय जोगिन्दर ठाकुरको घर भित्र प्रवेश गरी उनिमाथि छुरा  प्रहार गरेको छ । आरोपी मध्येको एकजना प्रहरीको नियन्त्रणमा छन्।

लोहारपटी नगरपालिका ६ निवासी ठाकुरमाथी आइतबार  विहान ४ बजे  छुरा प्रहार भएको थियो।

प्रहरीले पक्राउ गरेका सोही ठाउ निवासी २५ वर्षिय    धिरज मण्डलसंग उनकै तिनजना साथीले कुटपिट गरिरहेकोमा ज्यान जोगाउन मण्डल घाइते ठाकुरको घरमा प्रवेश गरेका थिए सोही क्रममा पक्राउ परेका  मंडलका साथीहरुले ठाकुरमाथी छुरा प्रहार गरेका थिए।

पक्राउ परेका मण्डलले उनका थप साथीहरुको परिचय खुलाइसकेको बताउदै जिल्ला प्रहरी कार्यलय महोत्तरीका एसपि कृष्ण प्रसाद पङेनीले उनिहरुको खोजतलास भइरहेको बताए ।

यता घाइते ठाकुरको उपचार लोहारपट्टी स्थित स्वस्थ्य चौकीमा भइरहेको र अवस्था मध्यम रहेको परिवारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट