पाँच वर्ष मुनिका बालबालिकाहरुलाई आजदेखि भिटामिन ए खुवाइदै

  डेटूडे खबर डेस्क
  ०६ वैशाख २०७९

                            

 सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।

राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच वर्षभन्दा कम उमेरका करिब २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाईनेछ ।

यसैगरि करिब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ । भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट