गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ०७ वैशाख २०७९

                            

पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ । तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका पाइजाको उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

पोखरा महानगरपालिका- ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते पाइजाको मनिपाल अस्पतालमा उपचार भैरहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट