मधेश प्रदेश : टेम्पोको ठक्करबाट १ महिलाको मृत्यु

डेटूडे खबर डेस्क
०७ वैशाख २०७९
बारा । बाराको कलैया उपमहानगरपालिका–१८, मनगढवामा टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीया कौशिला देवीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ।
सडक पार गर्दै गरेकी उनलाई हिजो बेलुका करिब ८ बजे ना१ह ६०८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । टेम्पोसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।