जनकपुरधाममा टायर बालेर देउवा र गठबन्धन बिरुद्ध नाराबाजी

  डेटूडे खबर समाचारदाता
  ०७ वैशाख २०७९

                            

सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) नेपालको भागमा परेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रेका छन् । जनकपुरधामको विद्यापति चोकमा काँग्रेसका कार्यकर्ताहरूले सत्ता गठबन्धनका नेता र प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको विरोधमा प्रदर्शन गरेका हुन् ।

काँग्रेस कार्यकर्ताहरूको भावनामाथि खेलबाड गरिएको भन्दै उनीहरुले जनकपुरधामको विद्यापति मुरलीधर चोकमा टायर बालेर देउवा र गठबन्धन बिरुद्ध नाराबाजी गरेका छन् । जनकपुरधाममा नेपाली काँग्रेस एक्लै लड्न सक्ने अवस्था रहेका बेला जसपालाई दिनु निन्दनीय काम भएको काँग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवले बताए । केन्द्रीय गठबन्धनले आफुहरुको भावनासँग खेलबाड गरेपछि विरोधमा उत्रनुपरेको यादवले बताए । उनले यो गठबन्धनलाई स्वीकार नगर्ने चेतावनी समेत दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट