बस र टिपर ठोक्किँदा सिरहामा २९ जना घाइते

  डेटूडे खबर डेस्क
  ०८ वैशाख २०७९

                            

जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग सिरहाको गोलबजार नगरपालिकामा बस र टिपर एकआपसका ठोक्किएर दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सिरहा प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ८२०१ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ख ५४३४ नम्बरको टिपर नगरपालिकाको वडा नम्बर ४ स्थित चौहर्वामा ठोक्किएको हो ।

उक्त दुर्घटनामा २९ जना घाइते भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बूढाथोकीले जानकारी दिए । उनका अनुसार बसमा जन्ती सबार थिए ।

दुर्घटनामा घाइते भएकाहरुको विभिन्‍न अस्पतालमा उपचार भइरहेको बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट