सीटीईभीटी परीक्षामा अर्काको सट्टा परीक्षा दिएको आरोपमा दुई जना पक्राउ

  डेटूडे खबर समाचारदाता
  ०८ वैशाख २०७९

                            

८ वैशाख, जनकपुरधाम । सीटीईभीटीबाट सञ्चालित प्रि–डिप्लोमा इन सर्भे इन्जियरिङको परीक्षामा अर्काको सट्टा परीक्षा दिएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम १ स्थित मोनाष्टिक आवासीय विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा अर्काको सट्टामा परीक्षा दिने गणेशकमान चारनाथ नगरपालिका ५ बस्ने २२ बर्षीय रामकृष्ण साहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

 उनका अनुसार साहले सर्लाहीको ब्रहमपुरी गाउँपालिका २ बस्ने २० वर्षीय लक्ष्मीनारायण झाको ठाउँमा परीक्षा दिइरहेका थिए ।

अर्कालाई लेख्न लगाएर परीक्षा केन्द्रमा घुमिरहेका झालाई पनि पक्राउ गरी दुबै जनालाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट