वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा शिवाकोटी

  डेटूडे खबर डेस्क
  ०९ वैशाख २०७९

                            

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन्

अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । त्यसोत, केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर हुन् ।

विवाह समारोहमा परिवारका सदस्य, आफन्त र साथीहरुको उपस्थिति रहेको बताइएको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको पनि बताइएको छ ।

‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पनछप्पन २’, ‘पुरानो बुलेट’लगायतमा काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट