नेपाली कांग्रेसका जनकपुरधाम नगरसभापति साहले गरे साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको घोषणा

डेटूडे खबर समाचारदाता
०९ वैशाख २०७९
नेपाली कांग्रेसका जनकपुरधाम नगरसभापति सहित अढाई सय भन्दा बढीले सामूहिक राजीनामा दिएका छन् ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएको घोषणा गरेका हुन् ।सत्तागठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गर्दा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि त्यस प्रति असन्तृष्टि जनाउँदै नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापति सहित सयौँ कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका हुन् ।
नगरसभापति साह सँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन् ।
यस्तै मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशिल सदस्य, भातृसंगठनहरुबाट गरि अढाई सय भन्दा बढीले राजीनामा लेखिसकेको बताए ।