पूर्व राज्यमन्त्री डिम्पल झाको निधन
.jpg)
डेटूडे खबर डेस्क
११ वैशाख २०७९
जनकपुरधाम । मधेश लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ तथा प्रदेशकी प्रदेशसभा सदस्य डा. डिम्पल झाको आज विहान ४ वजे (आइतवर ) निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट लडिरहेकी झाको आज बिहान ४ बजे काठमाडौं स्थित आफ्नै निवासमा उपचारको क्रममा मृत्यु भएको लोसपाका नेता राजिव झाले जानकारी दिए । ।
उनी मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्ती समेत थिइन् ।
डिम्पल झा लालबाबु राउत नेृतत्वको सरकारमा तत्कालीन राजपा नेपालबाट २०७५ साउनमा भौतिक पूर्वाधार विकास राज्य मन्त्री बनेकी थिइन् ।
राैेतहटको दुर्गा भगवती गाउँपालिका मतसरी घर भएकी झा ४३ वर्षकी थिइन् ।
उनी संघीय सद्भावना पार्टीबाट २०६४ पहिलो संविधान सदस्य बनेकी थिइन् । उनी समानुपतिक कोटाबाट संविधानसभा सदस्य थिइन् ।