एमालेबाट पनि टिकट नपाएपछि जानकीराम साहले दिए जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी

  डेटूडे खबर समाचारदाता
  १२ वैशाख २०७९

                            

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए ।

 मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

उनीसँगै सामाजिक अभियन्ता सरोज मिश्रले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 एमालेले जनकपुधामको मेयरमा शिव शंकर साह हिरालाई उम्मेदवार बनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट