कांग्रेस सभापतिबाट राजीनामा दिएका मनोज साहले दिए मेयर पदमा स्वतन्त्र उम्मेदवारी

  डेटूडे खबर समाचारदाता
  १२ वैशाख २०७९

                            

१२ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कांग्रेस सभापतिबाट राजीनामा दिएका मनोज साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्तारुढ दलले गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि साह असन्तुष्ट थिए ।

पटक-पटक निर्णय परिवर्तन गर्न पार्टी नेतृत्व तहलाई दबाव दिँदा पनि सुनुवाइ नभएपछि उनले शुक्रबार उपमहानगरको सभापति पदबाट राजनीमा दिएको घोषणा गरेका थिए । राजीनामा दिने क्रममा उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट