रोकिएको ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किादा ३ जनाको मृत्यु

  डेटूडे खबर समाचारदाता
  १३ वैशाख २०७९

                            

धनुषा — धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा रोकिएको ट्रकमा पछाडिबाट मोटरसाइकल ठोक्किादा ३ जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा मंगलबार बिहान करिब ३ बजे ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा धनुषा विदेह नगरपालिका–६ का अविनाश मण्डल, जनकपुर–४ का सुमित टिण्डेवल र सनाखत हुन नसकेका एक जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले बताए । एउटै मोटरसाइकलमा सवार तीनै जनाको जनकपुर प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट