काव्या हास्पीटलका चौथो बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

डेटूडे खबर समाचारदाता
१३ वैशाख २०७९
काव्या हास्पीटलले रक्तदान गरेर चौथो बार्षिकोत्सव मानाएको छ ।
मंगलवार जनकपुरधाम ९ स्थित काव्या हास्पीटलको स्थापना चार बर्ष पूरा भएको उपलक्ष्यमा बिहान ९बजे देखी बेलुका ३ बजे सम्म रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
हास्पीटल प्रांगनमा सम्पन्न भएको रक्तदान कार्यक्रममा हास्पीटलको कर्मचारी,जनकपुरियन लेडिजका सदस्य महिलाहरु ,पत्रकार,समाजसेवी,र अन्य गरेर लगभग सय जनाले रक्तदान गरेको हास्पीटल संचालक डा.एस.के. सिंहले जानकारी दिएका छन् ।
कुनै पनि आपतकालीन अवस्थामा बिरामीलाई रक्तको अभावमा ज्यान जाने अवस्थाको सृजना नहोस भनेर नेपाल रेडक्रासको सहकार्यमा ब्लड डोनेट काम्प गरेको डा.सिंहले बताए ।