मधेश प्रदेश : ट्रक र जिप ठोक्किँदा १ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १४ वैशाख २०७९

                            

बारा :

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गएराति ट्रक र जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट