जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय, कार्यालय समय बढ्याे

डेटूडे खबर डेस्क
१४ वैशाख २०७९
सरकारले आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ । यो बिदा परीक्षणका रूपमा रहने उहाँले बताउनुभयो ।