धनुषाका मालपोत अधिकृतविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा

  डेटूडे खबर डेस्क
  १६ वैशाख २०७९

                            

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धनुषाका कार्यरत निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस सहित भ्रष्टाचार गरेको आरोपमा सुनिलकुमार झाविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको ह।अख्तियारले दायर गरेको आरोप पत्रमा लेखा अधिकृत झाले जग्गा सम्बन्धी हक सफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग ५ लाख लिएको पुष्टि हुन आएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट