सप्तरीका एक युवा लागुऔषध सहित प्रहरीको फन्दामा

  डेटूडे खबर डेस्क
  १६ वैशाख २०७९

                            

लागुऔषधसहित सप्तरीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 सप्तरीको बोदेबरसाइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादव लागुऔषधसहित पक्राउ परेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार यादवले आफ्नै घरमा लागुऔषध नाइट्राभेट ट्याबलेट १२ सय ५० पिस र डाइजेपाम, फेनार्गन र नुर्फिन नामक इन्जेक्सनहरू ७५०/७५० एम्पुल लुकाएर राखेको अवस्थामा फेला पारेको हो। यादवमाथि लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट