आईपीएलमा लखनउसँग पञ्जाब २० रनले पराजित

  डेटूडे खबर डेस्क
  १७ वैशाख २०७९

                            

जनकपुरधाम ।  इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

पुणेमा गएराति भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले हरायो । लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि जोनी बेयर्सटोले ३२ तथा कप्तान मायाङ्क अग्रवालले २५ रन बनाए । त्यस्तै ऋषि धवन २५ रनमा अविजित रहे ।

लखनउका मोसिन खानले ३ तथा दुश्मन्था चामिरा र कुर्नाल पाण्डेयले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ४६ तथा दिपक होडाले ३४ रन बनाए ।

पञ्जाबका कागिसो राबडाले ४ तथा राहुल चाहरले २ विकेट लिए । लखनउको यो छैटौँ जित हो । लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लखनउको ९ खेलमा १२ अङ्क छ । सातौँ स्थानमा रहेको पञ्जाबको ९ खेलमा ८ अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट