अक्षय कुमार र मानुषी छिल्लरको फिल्मको ट्रेलर रिलिज

  डेटूडे खबर डेस्क
  २६ वैशाख २०७९

                            

अक्षय कुमार र मानुषी छिल्लरको फिल्म ‘पृथ्वीराज’को दमदार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सोनू सुद र सञ्जय दत्तको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

अक्षय कुमार र मानुषी छिल्लरको फिल्म ‘पृथ्वीराज’को दमदार ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सोनू सुद र सञ्जय दत्तको पनि महत्वपूर्ण भूमिका रहेको छ । पिरियड ड्रामा फिल्म ‘पृथ्वीराज’ को ट्रेलर आज भव्य रुपमा सार्वजनिक भएको छ । अक्षय कुमार र मानुषी छिल्लरले मुम्बईको यशराज स्टुडियोमा मिडियाको अगाडि ट्रेलर अनावरण गरे । चलचित्रलाई चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका हुन् र ट्रेलर सार्वजनिक कार्यक्रममा उनी पनि उपस्थित थिए ।

२ मिनेट ५३ सेकेन्डको ट्रेलरमा कडा एक्सन दृश्यहरू देखिएका छन् । फिल्ममा अक्षय कुमारको एक्सन देखेर फ्यानहरु खुसी भएका छन् । रिलिज हुनुअघि नै फ्यानहरूले फिल्मलाई ब्लकबस्टर घोषणा गरिसकेका छन् । अक्षय कुमारले पनि ट्वीटरमा फिल्मको ट्रेलर सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट